आज काठमाडाैं जिल्ला अन्तरपालिका फुटसल प्रतियोगिताः पहिलो खेल चन्द्रागिरि र टोखाबीच हुने
थानकोट ।
लाैह पुरुष गणेशमान सिंहको २६औ स्मृति दिवसका अवसरमा आज काठमाडाैंका स्थानीय तहबीच फुटसल प्रतियोगिता आयोजना हुँदैछ ।
नेपाल तरूण दल काठमाडाैं जिल्ला समितिको आयोजनामा हुने अन्तर पालिका फुटसल प्रतियोगितामा काठमाडाैंका ११ वटै पालिकाबाट छनोट भएका टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रागिरि नगरपालिकाल र टोखा नगरपालिकाबीच बिहान ११ बजे खेल हुनेछ ।
यो खेलको विजेताले दोश्रो चरणमा तारकेश्वर नगरपालिकाको सामना गर्नेछ । तारकेश्वरले बाइ पाउँदै सिधै दोश्रो चरणमा स्थान सुरक्षित गरेको छ ।
चन्द्रागिरि नगरपालिकाबाट चन्द्रागिरि वडा नं. १५ तीनथानाको टोली प्रतियोगितामा सहभागि हुँदैछ ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रूपैयाँ, उपविजेताले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ । यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार पाउनेछन् । एक दिने प्रतियोगिताको सबै खेलहरू महाराजगञ्जस्थित ढुकु फुटसलमा हुनेछन् ।
खेल तालिका हेर्नुहोस्ः













