लामाचौर कप राष्ट्रिय भलिबलः न्यु डायमन्डलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उचाल्यो उपाधी

Thankot Times

थानकोट।

पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबलमा महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

सोमबार सम्पन्न फाइनलमा न्यु डायमन्डलाई ३-१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो ।

पुलिसले डायमन्डलाई १८-२५, २५-२२, २५-१४ र २५-२० को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा पराजित पुलिसले लगातार तीन सेट जित्यो ।

पुलिसले उपाधिसँगै नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फको फाइनल खेल आज हुँदैछ ।

पुरुषतर्फ गण्डकी र पुलिसको खेल हिजो प्रकाशको कमीका कारण स्थगित गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *