रास्वपाको वडा समिति पदाधिकारी बन्न अनलाइनबाटै आवेदन दिन सकिने, सदस्यता शुल्क १ सय रूपैयाँ

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ६ हजार पाँच सय वडामा समिति गठनका लागि आज आह्वान गरेको छ । रास्वपाले असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि अनलाइन आह्वान गरेको रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले बताए । 

वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । बुर्लाकोटीका अनुसार कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गरिने कार्यतालिका छ । कार्यसमितिमा चयन हुनेहरूको नामावली कात्तिक २० गते सार्वजनिक गरिने उनले जानकारी दिए ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ ।

सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *