असोज १५ गतेबाट नैकापमा ४० वर्ष माथिको भेट्रान्स कप फुटबल हुने, विजेतालाई १ लाख पुरस्कार

Thankot Times

थानकोट ।

बीबी एअवेजको मूल प्रायोजनमा ४० वर्ष उमेर माथिको फुटबल प्रतियोगिता हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित फुटबल मैदानमा हुने प्रतियोगिता असोज १५ गतेबाट सुरु हुने बताइएको छ ।

सो प्रतियोगिताको विजेताले १ लाख रूपैयाँ तथा उपविजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउने खेल आयोजक वेष्ट काठमाडाैं फुटबल क्लबले जनाएको छ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी, गोलरक्षक तथा उच्च गोल कर्ताले जनही ५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

असोज १२ गतेसम्म आवेदन फाराम पेश गर्न सकिने प्रतियोगितामा सहभागिताका लागि १० हजार रूपैयाँ शुल्क लाग्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *