काभ्रेको मण्डनदेउपुर नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेपछि….

Thankot Times

थानकोट ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्ने कार्यका लागि कर्मचारी र जनप्रतिनिधिहरू लगातार तीन दिन खटिएपछि थकित भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

“तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरूलाई बिदा गरिएको छ,” नगरपालिकाको सूचनामा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ