१९औं एसियाली खेलकुदको उद्घाटन आज, प्रधानमन्त्री दाहाल उद्घाटन समारोहमा सहभागी हुने

Thankot Times

थानकोट ।

१९औं एसियाली खेलकुदको उद्घाटन आज हुँदैछ ।

चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुने सो खेल उत्सवका केही खेलहरू भने यसअघि नै सुरु भइसकेका छन् । सो महोत्सवमा सहभागी हुन एसियाका ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ पुगेका छन् ।

एसिया ओलम्पिक परिषद्का सदस्य भएका ४५ देश सहभागी भए पनि आर्मेनिया, अजरबैजान र जर्जिया भने सहभागी नभएको चिनियाँ सञ्चारमाध्यले जनाएका छन् ।

सो महोत्सव उदघाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुँदै छन् ।  प्रधानमन्त्री दाहाल ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।

उनी हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ ।

एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।

प्रतियोगिताको उद्घाटन स्थानीय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *