यु-१९ साफ च्याम्पियनसिप २०२३ः नेपाल सेमीफाइनलमा, माल्दिभ्स ४-१ ले पराजित
थानकोट ।
नेपाल यु-१९ साफ च्याम्पियनसिप २०२३ को सेमीफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न समुह ए को अन्तिम खेलमा माल्दिभमाथि ४-१ को नतिजा निकाल्दै नेपाल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
समुह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएपछि सेमीफाइनल प्रवेशका लागि माल्दिभ्ससँगको खेल नेपालका लागि जित्नै पर्ने दबाब थियो ।
प्रतियोगिताको फाइनल प्रवेशका लागि अब नेपालले समुह बी को समुह विजेतासँग खेल्नेछ ।
समुह बी मा आज साँझ हुने भुटान र भारतबीचको खेलपछि समुह विजेताको टुंगो लाग्नेछ ।
नेपालको जितमा समिर तामाङले दुई गोल गरे । यस्तै, प्रशान्त लक्षम र निराजन धामीले समान १-१ गोल गरे ।












