नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत बन्द सत्र बिहान ८ बजेदेखि
थानकोट ।
नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनअन्तर्गत बन्दसत्र अहिले बिहान ८ बजेदेखि सुरू हुने भएको छ।
प्रदेश अधिवेशनको सोमबार दिउँसो भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो।
प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने कार्यालय सचिव शुभराज पोखरेलले बताए।
बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पेस हुने छ। राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुनेछ।
संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो।












