तीनथानामा ट्रिपरले ठक्कर दिँदा घाइते भएका पैदल यात्रीको अस्पताल लैजाने क्रममा मृत्यु
थानकोट ।
कलंकी-नागढुंगा सडक खण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका-१५ तिनथानामा ट्रिपरको ठक्करबाट घाइते भएका पैदल यात्रीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा.५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री गोरखा घर भइ नैकाप बस्ने ३२ वर्षीय अमन गुरुङको आइतबार राति मृत्यु भएको हो ।
ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका गुरूङको ट्रमा सेन्टर हुँदै थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










