एमाले बागमती निर्वाचन: नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि

Thankot Times

थानकोट ।

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमाका लागि नेतृत्व छान्न आज (शुक्रबार) बिहानदेखि मतदान हुने भएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले शुक्रबार बिहान ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदान हुने जानकारी दिए ।

एमाले बागमती प्रदेश अध्यक्षमा केशव पाण्डे र कृष्णप्रसाद दाहालको उम्मेदवारी रहेको छ । यसअघि बागमती प्रदेशको अध्यषमा उम्मेदवारी दिएका केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

नेताहरुले अझै पनि सहमतिको प्रयास हुने बताएपछि दाहाल र ढुंगेलबीच चुनाव हुने निश्चित जस्तै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *