विश्वकप फुटबलको एसियाली छनोट: घरेलु मैदानमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्ने
थानकोट ।
घरेलु भूमीमा नेपालले आज फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत लाओससँग खेल्दैछ ।
खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।
लाओससँगको खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
दोस्रो खेल भने अक्टोबर १७ तारिखमा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।












