छैटाैं नैकाप गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक हुँदै
थानकोट ।
आगामी शनिबारबाट सुरु हुने चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्डकपको छैटाैं संस्करणको खेल तालिका आज सार्वजनिक हुँदैछ ।
आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अनुसार प्रतियोगितामा सहभागी टिमहरूको विवरण तथा खेल तालिकाआज साँझ ४ बजे सार्वजनिक हुने सो एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा सञ्चालन हुने छैटाैं संस्करणको नैकाप गोल्डकप प्रतियोगिताको उद्घाटन खेल असोज २७ गते शनिबार उद्घाटन र फाइनल खेल कार्तिक २५ गते शनिबार खेलाइने तालिका रहेको छ ।
प्रतियोगितामा अधिकतम ३२ टोलीले सहभागिता रहने बताइएको छ।












