विश्वकप क्रिकेटः न्युजील्याण्डको लगातार तेस्रो जित, आज भारत र पाकिस्तानबीच खेल हुने

Thankot Times

थानकोट । 

भारतमा जारी विश्वकप क्रिकेटमा न्युजील्याण्डले लगातार तेस्रो जीत दर्ता गरेको छ । 

शुक्रबार बेलुकी सम्पन्न खेलमा बंगलादेशमाथि ८ विकेटको सहज जित दर्ता गर्दै न्युजील्याण्डले महत्वपूर्ण २ अंक जोड्यो । 

खेलमा टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४५ रनको योगफल खडा गरेको थियो । २४६ रनको लक्ष्यसहित मैदान उत्रिएको न्युजिल्यान्डले ४३ बलअघि दुई विकेट गुमाएर जित भेट्टायो  ।

प्रतियोगिता अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुने तालिका रहेको छ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । 

भारत आईसीसी वरीयताको पहिलो स्थानमा आसीन छ । पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ ।

जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई—दुई खेल खेलिसकेका छन् । दुवै खेलमा यी दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *