विश्वकप क्रिकेटः नेदरल्याण्ड सामु दक्षिण अफ्रिका निरिह, आज न्युजील्याण्ड र अफगानिस्तानबीच खेल
थानकोट ।
एकदिवसीय विश्वकप क्रिकेटमा एशोसियट्स टोली नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
मंगलबार राति भारतको धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।
यसअघि दुई खेलमा दुवै खेल हारेर पुछारमा रहेको नेदरल्याण्ड्स यो जितसँगै २ अंक जोड्दै एक स्थानमाथि उक्लिएको छ । श्रीलंका पुछारमा धकेलिएको छ ।
दक्षिण अफ्रिकाको भने यो पहिलो हार हो । यस अघिका दुई खेल जितेको दक्षिण अफ्रिका ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत आज न्युजील्याण्ड र अफगानिस्तानबीच खेल हुने तालिका रहेको छ ।












