काठमाडौंमा एक दिनमै तापक्रम ५ डिग्री सेल्सियस घट्यो
थानकोट ।
काठमाडौँ उपत्यकामा बिहीबार चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोअस्तिको तुलनामा उपत्यकामा आज दिउँसो चिसो बढेको हाे ।
बिहीबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री सिल्सियस मापन गरिएको छ। यो हिजोभन्दा ५ डिग्री कम हो।
यतिबेला काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ।
भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको हो। यसको प्रभाव पूर्वतिर अझ बढी छ।












