यसपटकको आइपिएलमा पनि नेपाली खेलाडी छनाेटमा परेनन्

Thankot Times

थानकोट ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ।

 

 

त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।

इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।

यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उनलाई कुनै क्लबले किनेका थिएनन्।
सन्दीपले त्यसघिका तीन सिजन दिल्लीमा रहेर आईपीएल खेलेका थिए। अहिले बीसीसीआईले सर्टलिस्ट गरेका खेलाडीमा नेदरल्यान्ड्सका भान मिकिरन र नामिबियाका वाईसे मात्र रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *