चीनमा शक्तिशाली भूकम्प, धेरै संख्यामा मानवीय क्षति भएको प्रारम्भिक विवरण

Thankot Times

थानकोट ।

उत्तरपश्चिम चीनमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ ।

उत्तर-पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको हो । 

२२० जना घाइते भएका बीबीसीले जनाएको छ ।

गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।

आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *