लुम्बिनी आमन्त्रित प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि डोजाङलाई १२ स्वर्णसहित १७ पदक
थानकोट ।
प्रथम लुम्बिनी आमन्त्रित प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि तोक्वान्दो डोजाङले १७ पदक जितेको छ ।
प्रतियोगितमा सो डोजाङ १२ स्वर्ण, २ रजत र ३ कास्य जित्दै टिम प्रथम भएको बताइएको छ ।
रूपन्देहीको रामापुरस्थित सैनामैनाको सतचिन्तन सामुदायिक प्रतिष्ठानमा पुस ६ र ७ गते सम्पन्न प्रतियोगितामा चन्द्रागिरि डोजाङका लागि सुजल कार्की (२), सुबिना तामाङ (२) , साैरव मल्ल ठकुरी, सेली गुरुङ (२), सलिना धामी, रचना कुमाल, संगम थापा, नेयोमी महर्जन र ग्रस्का श्रेष्ठले स्वर्ण जितेको डोजाङका प्रशिक्षक सुवास तामाङले जानकारी दिए ।
यसैगरी लुनिश महर्जन र हिमा मगरले रजतमा चित्त बुझाउँदा साैरभ मल्ल ठकुरी र सेजल रोकाले कास्य जिते ।
प्रतियोगिता रामापुर तेक्वान्दो डोजाङले आयोजना गरेको हो ।
प्रतियोगितामा १७ वटा डोजाङका १४० जना खेलाडीले सहभागिता जनाएको थिए ।













