आज ‘हाइक टू इन्द्रस्थान’, करिब ५ सय जनाकाे सहभागिता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१ दहचोकको आयोजना आज चन्द्रागिरि नगरपालिकामा बृहद् पैदल यात्रा सुरु भएको छ।

चन्द्रागिरि हाइकर्स कम्युनिटिसँगको सहकार्यमा आयोजित पैदल यात्रा कार्यक्रमका करिब ५ सय जनाले सहभागीता जनाइरहेका छन्। कार्यक्रमका लागि तयार गरिएका सबै टिकट बिक्री भइसकेको चन्द्रागिरि हाइकर्स कम्युनिटिले जनाएको छ ।

करिब १५ किलोमिटर दुरीको पैदल यात्रा कार्यक्रम शनिबार बिहान ७ बजे स्थानीय घट्टेडाँडाबाट सुरु भएको हाे ।

खहरे बजार, झिंगटी घर, मयलपानी, तीनपोखरी, विन्द्यवासिनी मन्दिर, स्वीजरल्याण्ड पार्क, धैरेनी डाँडा (हेभन डाँडा), झाँगाझिटी, फरेष्ट क्याम्प हुँदै कालु पाँडे समाधिस्थलमा यात्रा टुंगिनेछ । पैदल यात्राका क्रममा मार्गका दायाँ बायाँ भेटिएका प्लाष्टिकजन्य फोहोर संकलनका लागि विशेष तयारी गरिएको छ।

चन्द्रागिरि नगरपालिका-०१ का वडाध्यक्ष हरिश्याम रानामगरले स्थानीय मयलपानी धार्मिक क्षेत्र, धैरेनी डाँडा (हेभन डाँडा), झागाँझिटीको तामाङ बस्तीको प्रचार प्रसारका लागि पनि सो पैदल यात्रा पहिलो खुड्किलोको रूपमा लिइएको बताएका छन् ।

वडाध्यक्ष रानामगरका अनुसार स्थानीय महिलाहरूको अग्रसरतामा उत्पादित सामाग्रीहरू प्रदर्शनी एवं विक्रीको तयारी गरिएको छ।

स्वस्थ मुस्कानको लागि पैदलयात्रा-२०८० नाम दिइएको सो कार्यक्रममा सहभागीहरुका लागि इन्द्रस्थानमा दिवा खानाको व्यवस्था गरिएको आयाेजककाे भनाइ छ।

पैदल यात्राकाे चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले रिबन काटेर सुरुवात गरेका थिए ।


One thought on “आज ‘हाइक टू इन्द्रस्थान’, करिब ५ सय जनाकाे सहभागिता

  1. हार्दिक बधाई तथा शुभकामना छ सहभागी सवै टीमलाई साथै आगामी दिनमा वडाको प्रचार प्रसार गर्दे समग्र नगरका १५ वटै वडाहरूको ऐतिहासिक, धार्मिक, साँस्कृतिक लगायत आर्थिक सामाजिक बिकास र आत्मियता बढाउन सक्ने गरि कार्यक्रम तर्जुमा गर्न सकोस्, कुनै राष्ट्रिय तथा अन्तरराष्ट्रिय दिवसका अवसरमा हुन सकेको भए सुनमा सुगन्ध हुन सक्थ्यो कि, धन्यवाद ।

Leave a Reply to laleek maharjan Cancel reply

Your email address will not be published. Required fields are marked *