आज सार्वजनिक सुनुवाई आयोजना गर्दै चन्द्रागिरि नगरपालिका
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आज पुस २७ गते शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागेको छ।
गत बिहीबार एक सूचना जारी गर्दै नगरले स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा ५ बमोजिम चालु आर्थिक वर्षको पहिलो चाैमासिक अवधिमा सम्पादित योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको जानकारी दिएको थियो ।
नगर सूचना अधिकारी रश्मी श्रेष्ठका अनुसार सो कार्यक्रम चन्द्रागिरि नगरको प्रशासकीय भवन प्राङ्गणमा बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म जारी रहनेछ ।











