माघ २ गते चन्द्रागिरि नगरपालिका तथा वडा कार्यालयहरूबाट प्रवाह हुने सेवा अवरुद्ध हुने
थानकोट ।
माघ २ गते चन्द्रागिरि नगरपालिका तथा सो अन्तर्गतका वडा कार्यालयहरूबाट प्रभाव हुने सेवा अवरुद्ध हुने भएको छ ।
२६औं भूकम्प सुरक्षा दिवस समारोह चन्द्रागिरि नगरपालिकामा मनाउने निर्णय भएअनुसार सो को तयारी एवं व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिका तथा सबै १५ वटै वडा कार्यालयहरूबाट प्रवाह हुने सेवाहरू माघ २ गते अवरुद्ध हुने भएका हुन् ।
माघ २ गते मंगलबार चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा २६औं भूकम्प सुरक्षा दिवस समारोह मनाइँदैछ ।
दिउँसो १ः१५ बजेबाट सुरु हुने समारोहमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत उपस्थित हुनेछन् । समारोहमा भूकम्प सुरक्षा प्रदर्शनी समेत हुने बताइएको छ । समारोहको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले अध्यक्षता गर्नेछन् ।
वि सं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा वि. सं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।











