कीर्तिपुरका धावक धर्मलाई मुम्बई म्याराथनमा स्वर्ण पदक

Thankot Times

थानकोट ।

नेपालका भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जितेका छन् ।

निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४७ मिनेट ८ सेकेन्डमा पूरा गरी स्वर्ण जितेको धर्मले जनाएका छन् ।

उनले पुरुष ५० वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए ।

कीर्तिपुरका धर्म मुम्बईमा सम्पन्न म्याराथनमा भाग लिएर अस्ती बिहीबार स्वदेश फर्किएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *