ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपः चन्द्रागिरि नगरपालिका न्यु डायमण्डको तेस्रो जित

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार तेस्रो खेल जितेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार दोस्रो खेलमा न्यु डायमण्डले एन्जल्स हार्ट कलेजलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । न्यु डायमन्ड २५–१३,२५–८, २५–९ को सोझो सेटमा खेल जितेको हो ।

न्यु डायमन्डले यसअघि पहिलो खेलमा त्रिभुवत आर्मी क्लब र बागमती प्रदेशलाई हराएको थियो ।

आर्मीलाई ३–२ ले हराएको न्यु डायमण्न्डको अंकतालिकामा ८ अंक पुगेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटन स्पोर्टस क्लबले जनाएको छ । ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

हाम्रो खेलकुदबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *