मातातीर्थ वृद्धाश्रममा जेसिस स्कुलका विद्यार्थीहरू

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका सतुगंलस्थित जेसिस इन्टरनेशनल बोर्डिंग स्कुलका विद्यार्थीहरूले सोमबार चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थमा रहेको वृद्धाश्रमको अवलोकन भ्रमण अध्ययन गरेका छन् । 

सो विद्यालयका कक्षा १० र ११ मा अध्ययनरत करिब ७० जना विद्यार्थीहरूले वृद्धाश्रम पुगी खानेकुरा तथा कपडा वितरण गरेका छन् । 

विद्यालयका कार्यक्रम संयोजक शिक्षक मिन्जु शोभा चित्रकार, प्रशासक उपेन्द्र राज श्रेष्ठ, शिक्षक गीता खड्का, शंकराचार्य पन्त र दिवाकर श्रेष्ठ समेत सो भ्रमण दलमा सामेल भएको विद्यालयले जनाएको छ । 

विद्यार्थीहरुमा सेवाभाव जाग्रृत गराउने उद्देश्यले सो अवलोकन भ्रमण कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले बताए । 

आफ्ना विद्यार्थीहरुलाई यस प्रकारका सामाजिक सेवामूलक क्रियाकलापहरुमा संलग्न गराएर नैतिक, चारित्रिक र मैत्रीपूर्ण व्यवहारको विकास गराउने विद्यालयको नीति तथा कार्यक्रम रहेको जनाउँदै महर्जनले सो खालका क्रियाकलाप वर्षेनी संयोजन भइरहेको जानकारी दिए । 

२०५४ सालबाट सञ्चालनमा रहेको मातातीर्थ वृद्धाश्रममा करिब २ दर्जन वृद्धाहरू बस्दै आएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *