मच्छेगाउँका स्वर्णिमले जिते राष्ट्रिय कराँते प्रतियोगिताको‌ पुरुष एकल कातामा स्वर्ण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँका स्वर्णिम मानन्धरले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन्। नेपाल पुलिस क्लबका खेलाडी मानन्धरले  सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा पहिलो स्वर्ण पदक स्वर्णिमले जितेका हुन् ।

फाइनलमा उनले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरे। ३८.७ स्कोर गरेका त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले रजत पदक प्राप्त गरे ।

बागमती प्रदेशका अन्जन यसमाली मगर (३७.६) र एपिएफका खगेन्द्र चाम्लिङ राई (३७.४) ले कास्य पदक प्राप्त गरे । एकल कातामा सात प्रदेश र ३ विभागका गरि १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्, हाम्रो खेलकुदमा समाचार ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित १ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *