चन्द्रागिरि क्षेत्रमा आज पानी पर्छ ? यसो भन्छन माैसमविद्
थानकोट ।
देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना छ । विशेष गरी पश्चिम क्षेत्रमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा भने आज वर्षाको सम्भावना नरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । “काठमाडौंमा वर्षाको सम्भावना छैन,” उनले भने ।
महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ ।
“कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, वाग्मती र कोशी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ,” बुलेटिनमा उल्लेख छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।”
पश्चिमी वायुको प्रभावले आइतबार काठमाडौंसहित देशका धेरै स्थानमा वर्षा भएको थियो । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको थियो ।










