अस्ट्रेलिया १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा, पाकिस्तान १ विकेटले स्तब्ध

Thankot Times

थानकोट ।

दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया पाकिस्तानलाई १ विकेटले हराएर फाइनलमा पुगेको हो । अब उपाधिका लागि पर्सि आइतवार अस्ट्रेलिया र भारत खेल्ने भएका छन् । पहिलो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तान ४८ ओभर ५ बलमा १ सय ७९ रनमा अलआउट भएको थियो । पाकिस्तानका अजन अविस र अर्फत मिनहासले समान ५२ रन बनाएका थिए  ।  अस्ट्रेलियाका टम स्ट्राकेरले ६ विकेट लिएका थिए । पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरको ५ बल बाँकी हुँदै ९ विकेट गुमाएर जित दर्ता गरेको हो ।

अस्ट्रेलियाका लागि हेरि डिक्सनले ५० रनको अर्धशतकीय पारी खेले ।

ओलिभर पिकले ४९ तथा टम काम्पबेलले २५ रन बनाए । अन्त्यमा रफ म्याकमिलनले १९ रनको नटआउट खेले । पाकिस्तानका अलि राजाले सर्वाधिक ४ विकेट लिए ।

फाइनल खेल आगामी आइतबार हुने तालिका रहेको छ । सो दिन खेल हुन नसकेकोमा खेल रिजर्भ डे मा धकेलिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *