यसकारण अहिले चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा आज बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु उपवितरण केन्द्रअन्तर्गत मातातीर्थ, शीतल बस्ती, बालागाउँ, दाउराडिपो, महादेवस्थान, थानकोट, पाल्देन प्लटिङ, घुमाउने, पानी घाट, गोदाम, केबलकार, सिलाफल, कोतघर, त्रिभुवन पार्क, वाणस्थली, हाइभिजन, मंगलोदय, प्रभातेश्वर लगायतका स्थानमा विद्युत अवरुद्ध हुनेछ ।

प्राधिकरणका अनुसार ट्रान्सफर्मरको खम्बा ढल्किएपछि सो मर्मतका लागि विद्युत सेवा सटडाउन हुने बताइएको छ । विद्युत सेवा बेलुकी ५ बजेसम्म सुचारु हुने पनि प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *