ग्लोबल मेयर्स राउण्ड टेबलमा भाग लिन चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी यूएई प्रस्थान

Thankot Times

थानकोट ।

ग्लोबल मेयर्स राउण्ड टेबलमा भाग लिन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी यूएई प्रस्थान गर्नुभएको छ ।

यूएईका मिनिस्टर अफ स्टेट फर आर्टिफिसियल इन्टेलिजेन्स ओमर सुल्तान अल ओलामाको निमन्त्रणामा मेयर गिरी आइतबार बिहान सो तर्फ प्रस्थान गर्नुभएको चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

मेयर गिरीले फेब्रुअरी १२ देखी १४ सम्म यूएईको दुबइमा हुने वर्ल्ड गभरमेन्ट समिट-२०२४ अन्तर्गतको ग्लोबल मेयर्स राउण्ड टेबल भाग लिने यूएईका मिनिस्टर अफ स्टेट फर आर्टिफिसियल इन्टेलिजेन्स ओमर सुल्तान अल ओलामाले पठाएको निमन्त्रणामा उल्लेख छ ।

सो क्रममा विश्वका विभिन्न नगरका मेयरहरूबीच अनुभव आदान प्रदान एवं बहुपक्षीय हितका विषयमा हुने बताइएको छ ।

शहरी क्षेत्रको दीगो विकासका विभिन्न आयामहरूका सन्दर्भमा समेत सो सम्मेलनमा बृहत् अन्तर्कृया हुने वर्ल्ड गभरमेन्ट समिट-२०२४ को कार्यक्रम तालिका रहेको छ ।

सम्मेलनमा विभिन्न मुलुकका सरकार प्रमुख, मन्त्रीहरु, विषय विज्ञ, मेयरहरु तथा विभिन्न दातृ निकायका प्रमुख एवं प्रतिनिधिहरुले सहभागीता जनाउने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *