इन्डियन ओपन किक बक्सिङमा नेपाली खेलाडीको पोल्टामा १ स्वर्णसहित चार पदक

Thankot Times

थानकोट । 

भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्य पदक जितेको छ ।

फेब्रुअरी ६ देखि ११ सम्म भएको प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण, जुनियर ५७ केजीमा सुमित शरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक जितेका थिए ।

पुकार चन्द्रागिरि नगरपालिका सतुगंलस्थित जेसिस स्कूलमा कक्षा ११ मा अध्ययनरत छन् ।

प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली रहेका थिए । टोली मंगलबार फर्कनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *