श्रीपञ्चमीका अवसरमा चन्द्रागिरिका सरस्वती मन्दिरहरूमा चहलपहल (फोटो फिचर)

Thankot Times

थानको ।

विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदैछ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

चन्द्रागिरि नगरका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिर तथा अन्य देवस्थलहरूमा यतिबेला दर्शनार्थीको भिड लागेको छ ।

चन्द्रागिरि नगरका थानकोटस्थित सरस्वतीस्थान, गणेश मन्दिर, महालक्ष्मी मन्दिर, बलम्बु महालक्ष्मी मन्दिर, विष्णुदेवी स्थित सरस्वती मन्दिर, चन्दर भराटेश्वर लगायतका देवस्थलमा बुधबार बिहानैबाट दर्शनार्थीहरू पूजा अर्चनामा व्यस्त रहेको देखिन्थ्यो ।

नगरका शैक्षिक संस्थाहरूमा सरस्वती पूजाका लागि विद्यार्थीहरू लाममा लागेका देखिन्थे भने स-साना बालबालिकाका अभिभावक अक्षराम्भका लागि विद्यालयमा बच्चासहित पुगेको देख्न सकिन्थ्यो ।

फोटो फिचर


Leave a Reply

Your email address will not be published. Required fields are marked *