मच्छेगाउँमा आँखै अघिल्तिरबाट मोटरसाइकल चोरी, प्रहरीको सक्रियतामा समातिए आरोपित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका मच्छेगाउँबाट हिजो बुधबार साँझ चोरी भएको मोटरसाइकल आज बिहान दहचोक क्षेत्रमा भेटिएको छ ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा एकजना युवालाई पनि पक्राउ गरेको छ ।

पिडितका अनुसार मच्छेगाउँबाट हिजो साँझ चोरी भएको बजाज पल्सर-२२० सीसी मोटरसाइकल दुई जना युवाले चन्द्रागिरि नगरका विभिन्न स्थानमा पुर्याएको एअर ट्य्राकिङबाट खुलेको छ ।

बिहीबार बिहान दहचोक चुनदेवी क्षेत्रको सडकमा सो मोटरसाइकल भएको लोकेशन ट्य्राक भएपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित  एक जना युवालाई पनि नियन्त्रणमा लिएको हो ।

सो घटनामा संलग्न भएका भनिएका अर्का युवा भने फरार भएको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कृत्तिम बुद्धिमत्ता प्रयोग गरि तयार पारिएको प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *