नेपाली काँग्रेस चन्द्रागिरि नगर सभापतिमा ७ जनाको दाबी, सचिवमा २ जनाको दाबी (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटिका सबै पदमा चुनाव हुने भएको छ । 

नगर सभापतिमा ७ जनाको दाबी परेको छ ।

थानकोट टाईम्सलाई प्राप्त विवरण अनुसार नगरको सभापति पदमा मनोनयन दर्ता गर्नेहरूमा क्रमशः राजेन्द्र महर्जन, रामेश्वर श्रेष्ठ, रमेश सुवेदी, कृष्णप्रसाद खड्गी, प्रकाश श्रेष्ठ, राजेन्द्रविक्रम बानियाँ, पुरुषोत्तम उदास रहेका छन् । चुनावी कार्यक्रम भोलि बिहीबार सुरु हुने भएपछि यो संख्या थप हुन सक्ने बुझिएको छ ।

बुधबार दिनभर सहमतिमा नेतृत्व चयनका लागि प्रयास भएपनि सो सार्थक नभएपछि नगर कमिटिका सबै पदमा चुनाव हुने भएको छ । 

उपसभापति पदमा समेत चार जनाले दाबी पेश गरेका छन् । जसमा शान्ता बस्नेत, उमा कुमारी थापा, बिमला पोखरेल, सुनिता रोक्का रहेका छन् । सचिव पदमा जीवन कुमार गिरी,  दिनेश महर्जनले मनोनयन दर्ता गराएका छन् । 

सहसचिव पदमा कमला लामिछाने, दयाराम सुवेदी, अमृत कुमार महर्जन, निक्सन महर्जनले मनोनयन दर्ता गराएको स्रोतले जानकारी दियो ।

यस्तै सदस्य पदमा ३१ जनाको मनोनयन दर्ता भएको छ । 

केही मनोनयन फाराम दर्ता हुन बाँकी रहेकोले यी मनोनयनको संख्यामा वृद्धि हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *