ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न
थानकोट ।
नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित चौथौं ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ।
मंगलबजारस्थित कोत हखाः टोलमा रहेको टुरिष्ट पार्किङमा सम्पन्न प्रतियोगितामा विभिन्न ६ ताैल विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताको ३५-४० केजी ताैल समुह महिला समुहमा बालकुमारी डोजोकी साहारा वाइबा पहिलो भइन । सो विधामा बालकुमारी डोजोकै अस्मिता श्रेष्ठ दोश्रो भइन् । मकवानपुर डोजोकी प्रनिसा भुलुन तेस्रो भइन् ।
प्रतियोगिताको ४५-५० केजी ताैल समुह महिला समुहमा मकवानपुर डोजोकी रेशमा थापा पहिलो, कीर्तिपुर डोजोकी सोनिया राई दोश्रो हुँदा मकवानपुर डोजोकी रस्मी श्रेष्ठ तेस्रो भइन् । पुरुष तर्फ यो ताैल समुहमा सशस्त्र प्रहरीका सुनिल तामाङ पहिलो, मकवानपुर डोजोका रिदम थापा दोश्रो र बज्रबाराही डोजोका सबिन गुरुङ तेस्रो भए ।
यसैगरी ५०-५५ केजी ताैल समुह महिला समुहमा सशस्त्र प्रहरीकी अनिसा तामाङ पहिलो र चन्द्र कुमारी भुजेल दोश्रो हुँदा मकवानपुर डोजोकी लक्ष्मी थिङ तेस्रो भइन् । यस ताैल समुहको पुरुष तर्फ स्ट्रङ्गेष्ट डोजोका बुद्ध मगर पहिलो हुँदा सशस्त्र प्रहरी बलका निरोज नगरकोटी र प्रभात स्याङतान क्रमश दोश्रो र तेस्रो भए ।
यसैगरी पुरुष ५५-६० केजी ताैल समुहमा बालकुमारी डोजोका सरोज तामाङ पहिलो हुँदा कीर्तिपुरका सन्जेस भ्लोन दोश्रो र स्ट्रङ्गेष्ट डोजोका संजय के गुप्ताले तेस्रो स्थान हात पारे ।
विधागत रुपमा पहिलो हुने ५ जनामध्येबाट पुरुष ५५-६० केजी ताैल समुहका सरोज तामाङले नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । रामजी गुरु स्मृति नगद पुरस्कारबाट उनी पुरस्कृत भएका हुन् । उक्त पुरस्कारका लागि विजेताको चयन गोला प्रथाबाट गरिएको थियो ।
प्रतियोगितामा विधागत रुपमा पहिलो, दोश्रो र तेस्रो स्थान हात पार्ने सबै खेलाडीले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।














