तेस्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल: स्वस्तिश्री गुरुकुलको पोष्टमा ब्राइट फ्यूचरको ५ गोल

Thankot Times

थानकोट ।

काठमाडाैंको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा जारी तेस्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापको ब्राइट फ्यूचर स्कुलले  विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न १२ वर्ष मुनि उमेर समुहको खेलमा ब्राइटले घरेलु टोली स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलको सी टिम माथि ५-१ गोल को जित निकाल्यो ।

सोही उमेर समूहका अन्य खेलमा ब्रम्हकुञ्जले द एक्सेल्सियर स्कुलाई २–१, नाम्सले एक्सेल्सियरलाई ३–०, ब्रम्हकुञ्जले नाम्सलाई ३–२ र स्वस्तिश्री गुरुकुलल ‘ए’ ले युरो स्कुलाई ५–१ गोलले पराजित गर्यो ।

काठमाडाैंका विभिन्न १५ विद्यालयका २८ टोलीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा यू-१२, यू-१४, यू-१६ उमेर समुहमा प्रतिस्पर्धा गराइएको छ । खेल बुधबार सकिने तालिका रहेको छ ।

यू-१४ उमेर समुहमा चन्द्रागिरि नगरको रिब्सले सेक्रेड हार्टमाथि २-१ को जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गत बुधबार यू-१२ समुहमा रिब्सले सेक्रेड हार्टका ए र बी टीमसँग खेल्नेछ ।
बुधबार नै यू-१४ समुहमा  क्वाटरफाइनलमा रिब्सले न्यू इराको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *