त्रिदेशीय क्रिकेट सिरिजः नामिबियाविरुद्ध नेदरल्याण्ड्सको १८ छक्का, २० चाैका

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय टी–२० आई क्रिकेट शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए । सो क्रममा उनले ११ चाैका तथा ६ छक्का प्रहार गरे ।

समग्रमा डच टोलीका ब्याटरहरूले १८ छक्का तथा २० चाैका प्रहार गरे ।

त्रिवि क्रिकेट मैदानमा २० ओभरको खेलमा नेदरल्याण्ड्सले बनाएको २४७ रन हालसम्मकै सबैभन्दा ठूलो स्कोर हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *