साफ यू-१६ महिला फुटबल: नेपालको खराब सुरूआत, बंगलादेश २-० ले विजयी

Thankot Times

थानकोट ।

नेपालमा जारी यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बंगालदेशसँग हार बेहोरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा शनिबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको दोश्रो खेलमा नेपालले सोमबार भुटानको सामना गर्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *