दादुरा-रुबेला खोप अभियानः चन्द्रागिरि नगरमा ३४ हजार जना बालबालिकाले लगाए खोप

Thankot Times

थानकोट ।

संघीय सरकारको निर्धारित कार्यक्रम ‘खोप अभियान’ चन्द्रागिरि नगरमा बिहीबार सम्पन्न भएको छ । 

गत फागुन १३ गतेदेखि चन्द्रागिरि नगरपालिकाका विभिन्न ९१ खोप केन्द्रमा सुरु भएको खोप कार्यक्रममा ३४,३६८ जनाले खोप लगाएका छन् । 

नगरको स्वास्थ्य शाखाका अनुसार करिब ३५ हजार लाभग्राही (९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरू) मध्ये सो संख्याका बालबालिकाहरूले दादुरा-रुबेला खोप लगाएका हुन् । 

चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले खाेप लगाउन छुट भएका बालबालिकाहरूले चैत्र २ गते सम्म दादुरा-रूबेला खाेप पायक पर्ने स्वास्थ्य संस्थामार्फत लगाउन सकिने जानकारी दिनुभयो । 

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार देशभरका कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका छन् । खोप कार्य्रकमको विस्तृत तथ्यांक प्राप्त हुन बाँकी रहेको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *