प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता: चन्द्रागिरि डोजाङलाई ४ स्वर्ण

Thankot Times

थानकोट ।

कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडाैंमा आयोजना गरिरहेको प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि डोजाङले २ स्वर्णपदक जितेको छ ।

प्रतियोगिताको एकल पुम्सेअन्तर्गत शुक्रबार सम्पन्न यू-१७ को पुरुषमा चन्द्रागिरि डोजाङका सुजल कार्की र महिलामा चन्द्रागिरिकी सुविना तामाङले स्वर्ण चुमेका हुन् ।

कोटेश्वर तेक्वान्दो डोजाङका इमोन रानाले स्वर्ण पदक जितेका छन् । पुरुष ३८ केजीमुनि फाइनलमा इमोनले नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का भिजन तामाङलाई हराए । बाल गीताञ्जलीका प्रवीण श्रेष्ठ र कोटेश्वरका राकेश सुनार तेस्रो भए ।

योङ स्टार ग्रुप सहआयोजक रहेको प्रतियोगिताको पुरुष २२ केजीमुनि सिन्धुपाल्चोकका कुशल नेपाली, २५ केजीमुनि मध्यपुरका समुन्द्र गिरी, २८ केजीमुनि क्षेत्रपालका अभिनव बोहरा र ३४ केजीमुनि क्षेत्रपालकै निर्मल पाण्डे विजेता भए ।

महिला २२ केजीमुनि सुन्दरीमाईकी पुनम घिमिरे, २० केजीमुनि चन्द्रागिरिकी रेया बोहरा, २५ केजीमुनि कोटेश्वरकी हृदयानी बस्नेत र २८ केजीमुनि चन्द्रागिरिकी युकी तामाङले स्वर्ण जितेका थिए ।

तथा १७ वर्षमाथि पुरुषमा जगतबहादुरका सुदीप परियार र महिलामा कोटेश्वरकी सन्ध्या लामाले स्वर्ण जिते । पदक विजेतालाई पूर्वसांसद् सीता लामा, नवौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी निर्मल श्रेष्ठ र नीराजन श्रेष्ठ, उर्जा मन्त्रालयका उपसचिव रामगोपाल लगेजुलगायतले पुरस्कृत गरे ।

आयोजकले प्रतियोगितामा ६ सयभन्दा बढी खेलाडी सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *