साफ यू-१६ च्याम्पियनसीप: उपाधिका लागि आज बंगलादेश र भारत भिड्दै

Thankot Times

थानकोट।

नेपालमा जारी साफ यू-१६ महिला च्याम्पियनसिपको उपाधिका लागि आज बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिजो भएको प्रि-म्याच कन्फरेन्समा दुवै मुलुकका प्रशिक्षकले आफ्नो टोली च्याम्पियन बन्ने दाबी गरे । बंगलादेश लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।

लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ६-० ले पराजित गरेको थियो ।

त्यसअघि बंगलादेशले पहिलो खेलमा घरेलु टोली नेपाललाई २-० तथा अर्को खेलमा भारतलाई ३-१ ले पराजित गरेको थियो । भारत भने ३ मध्ये दुई खेलमा जित र एक हार बेहोर्दै अघि बढेको हो । प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई ७-०ले पराजित गरेको भारत आफ्नो दोस्रो खेलमा बंगलादेश पराजित भएको थियो ।

भारत जारी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता टोली हो ।

उसले समूह चरणमा ३ गोल बेहोर्दा १८ गोल गरेको छ । समुह चरणमा भारतसँग नेपाल १०-० ले पराजित भएको थियो ।

बंगलादेशले ११ गोल गर्दा एक गोल मात्र बेहोरेको छ । लिग चरणमा ५ गोल गरेकी बंगलादेशकी सौरवी प्रीति सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

फाइनल खेल सादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ