चन्द्रागिरि नगर क्षेत्रका छाडा पशु व्यवस्थापनका लागि जनप्रतिनिधिले सनाखत गर्नुपर्ने
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा छाडा पशु व्यवस्थापनका लागि जनप्रतिनिधिले सनाखत गर्नुपर्ने भएको छ ।
नगर क्षेत्र भित्र रहेका सामुदायिक छाडा, मृत पशुहरू व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले तारकेश्वरस्थित राष्ट्रिय युवा समाजसँग द्विपक्षीय सम्झाैता गरेको बताइएको छ ।
जसअनुसार नगर क्षेत्रका सम्बन्धित वडामा छाडा अवस्थामा रहेका जीवित, मृत पशुहरू व्यवस्थापनका लागि नगरले सम्बन्धित वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा मुचुल्का उठाइ छाडा पशु व्यवस्थापनमा सहयोग गर्न नगरको पशु सेवा शाखाले सबैमा अनुरोध समेत गरेको छ ।
चन्द्रागिरि नगरमा पछिल्लो समय छाडा गाइ, बहर, बाच्छाबाच्छी तथा कुकुरहरूको समस्या विकराल बन्दै जाँदा सडक दुर्घटना तथा धनजनको क्षतिको सम्भावना बढेर गएको छ।











