बैशाख १९ देखि चन्द्रागिरिमा प्रथम राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप आयोजना हुने
थानकोट ।
चन्द्रागिरि तेक्वान्दो डोजाङ्गको आयोजनामा आगामी बैशाख १९ देखि २२ गतेसम्म राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका थानकोटमा सञ्चालन हुने चार दिने प्रतियोगितामा करिब २० वटा उमेर तथा ताैल समुहमा प्रतिस्पर्धा गराइने तालिका रहेको छ ।
प्रतियोगिताको विजेताले टोलीले ७५ ह्जार रुपैयाँ प्राप्त गर्नेछ भने दोश्रो हुने ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवास तामाङले जानकारी दिए ।














