आठौं एनभिए राष्ट्रिय भलिबलः चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड स्पोर्ट्स क्लब समुह ‘बी’मा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड क्लब नेपाल भलिबल संघको आयोजनामा चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्‌को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत समुहमा बी मा परेको छ ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली खेल्दैछन् ।

बिहीबार काठमाडौंस्थित क्राउन प्लाजा होटेलमा भएको मुख्य प्राविधिक बैठकमा गरिएको समूह विभाजन अनुसार महिलातर्फ गत वर्षको शीर्ष २ टोलीलाई फरक समूहमा राखिएको थियो । त्यस्तै पुरुष तर्फ गत संस्करणको शीर्ष ४ स्थानमा आएका टोलीलाई ४ फरक समूहमा राखिएको थियो ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश समूह ए मा रहँदा समूह बी मा चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश रहेका छन् ।

हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछन् ।

पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

यससँगै च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ ।

प्रतियोगिता अन्तर्गत दुवै विधाका हरेक विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४०‌ हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही ‌समान १५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा झन्डै ५५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ ।

नेपाली महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको न्यु डायमण्ड स्पोर्ट्स क्लबको महिला भलिबल टोलीलाई यस वर्ष चन्द्रागिरि नगरपालिकाले खेल सामाग्री प्रायोजन गरिरहेको छ।
चन्द्रागिरि नगरपालिका कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षमा नैकापस्थित न्यु डायमण्ड महिला भलिबल टोलीले सहभागिता जनाउने  जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा “चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम” को नामसहित सहभागिता जनाउने र उक्त प्रतियोगितामा खेलाडीहरुको लागि आवश्ययक खेलकुद सामग्री र अन्य व्यवस्थापन चन्द्रागिरि नगरपालिकाले गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *