दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधि नगर्न युवा तथा खेलकुद मन्त्रालयको निर्देशन
थानकोट ।
युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधि नगर्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिटै जारी गर्ने तयारी भैरहेको जानकारी दिँदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिविधि संचालन नगर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो।
दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधि संचालन गरेका कारण रंगशालाको अवस्था नाजुक बनेपछि नेपालले बहराइनविरुद्धको विश्वकप छनोटको खेल खेल्न नमानेको विषयले सर्वत्र चर्चा भइरहेको छ।
रंगशालाको अवस्था मापदण्ड अनुसार नभएको भन्दै बहराइनले खेल्न अस्वीकार गरेपछि सो खेल बहराइनमै हुने भएको छ।














