जाँचबुझ आयोगको प्रतिवेदनः थानकोट नाकामा भेहिकल स्क्यानर जडान गर्न सुझाव

Thankot Times

थानकोट ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले महिला र पुरुषलाई ५० ग्रामसम्म सुनका गहना  विदेशबाट जति पटक पनि ल्याउन दिने गरी ऐन संशोधन गर्न सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित उच्च स्तरीय जाँचबुझ आयोगले गृह मन्त्रालयलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सरकारलाई उक्त सुझाव दिइएको हो । 

भन्सार ऐनलाई पनि संशोधन गर्न आयोगले सिफारिस गरेको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गर्नुपर्ने सुझाव प्रतिवेदनले छ । विमानस्थलमा परिचालन भएका सुरक्षा निकाय तथा एजेन्सीहरूको एउटा संयुक्त निगरानी टोली हुनुपर्ने सिफारिस गरिएको छ । 

विमानस्थलमा भेहिकल स्क्यानर जडान गरेर संचालन गर्नु पर्ने सुझाव समेत दिइएको छ । अहिले पनि विमानस्थलमा भेहिकल स्क्यानर छन्  तर त्यसलाई सञ्चालनमा ल्याइएको छैन । उक्त स्क्यानरलाई सञ्चालनमा ल्याएर क्रमशः थानकोट नाकामा, तातोपानी नाकामा हुँदै विभिन्न नाकामा क्रमशः जडान गर्नुपर्ने सुझाव दिइएको छ ।

वीरगन्ज र नेपालगन्जमा सञ्चालित एकीकृत चेक पोस्ट बाहेक पुरानो नाकाबाट सम्भव भए सवारी साधन आउन नदिएर पैदल यात्रीलाई मात्र आउन दिनु हुने सुझाव दिइएको छ ।

लोकान्तरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *