आठौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, चन्द्रागिरि न्यु डायमण्डको दोश्रो खेल आज

Thankot Times

थानकोट ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा चन्द्रागिरि न्यु डायमण्ड स्पोर्ट्स क्लबले दोश्रो खेलमा आज मधेश प्रदेशको सामना गर्दैछ । 

यसअघि सोमबार सम्पन्न खेलमा न्यु डायमण्डले एपीएफमाथि ३-१ को सेटमा जित निकालेको थियो । 

महिलातर्फ समूह एमा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् ।

दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ ।

दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *