चन्द्रागिरि न्यु डायमण्ड स्पोर्ट्स क्लब आठौं एनभिए भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा

Thankot Times

थानकोट ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा चन्द्रागिरि न्यु डायमण्ड स्पोर्ट्स क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । 

बुधबार सम्पन्न समुह बी अन्तर्गतको खेलमा मधेश प्रदेशमाथि ३-० को सोझो सेटमा जित हात पार्दै न्यु डायमण्ड प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । समुह बीको विजेता बनेको उसले फाइनल प्रवेशका लागि एभरेष्ट भलिबल क्लबको सामना गर्नेभएको छ ।

 मधेश प्रदेशविरुद्ध चन्द्रागिरि न्यु डायमण्ड २५-१०,२५-६, २५-८ ले विजयी भएको हो।

हार पछि मधेश प्रतियोगिताबाट बाहिरिएको छ।

न्यू डायमण्ड क्लबकी स्पाइकर अलिशा मानन्धर प्लेयर अफ द म्याच घोषित भइन्।

एपिएफ समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । एपिएफले बिहीबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ ।

दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *