एनभिए भलिबल च्याम्पियनसिप: सेमीफाइनल खेलमा चन्द्रागिरि न्यु डायमण्ड सोझो सेटमा पराजित

Thankot Times

थानकोट ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको स्पर्धामा चन्द्रागिरि न्यु डायमण्ड स्पोर्ट्स क्लब सेमीफाइनलमा पराजित भएको छ । 

बिहीबार सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चन्द्रागिरि न्यु डायमण्ड स्पोर्ट्स क्लब एभरेष्ट भलिबल क्लबसँग ३-०को सोझो सेटमा पराजित भएको हो । 

एभरेष्ट भलिबल क्लबले उपाधिका लागि अब नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्टले न्यु डायमण्डलाई २५-२०,२५-१२, २५-१८ को सेटमा हराएको हो ।

यसअघि सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा एपिएफलाई हराउँदै साविक विजेता नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा पुगेको छ ।

च्याम्पियनसिपको छैटौं दिन बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ३-१ को जितका साथ पुलिस उपाधि रक्षाको नजिक पुगेको हो ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पुलिसले एपिएफलाई २७-२५,२५-२२, २८-३०, २५-१७ ले हराएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *