चन्द्रागिरिका पाँचसहित बागमतीका ५१९ विद्यालयमा नर्सिङ सेवा

Thankot Times

थानकोट ।

बागमती प्रदेशका ५ सयभन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नागरिकमा सकारात्मक र प्रभावकारी नतिजा प्रदान गर्ने उद्देश्य अनुसार सो कार्यक्रम अघि बढाइएको थियो ।

चन्द्रागिरि नगरका पाँच वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भइसकेको छ भने ती मध्ये १ विद्यालयमा सो पद रिक्त छ । 

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा थप ४५७ जना विद्यालय नर्स भर्ना प्रक्रिया अघि बढाएको छ । रिक्त रहेका विद्यालय र कार्यक्रमका लागि छनौट भएका नयाँ विद्यालयमा नियुक्तिका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले ४५७ विद्यालय नर्सको विज्ञापन खुला गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *