महिला तथा पुरुष भलिबल च्याम्पियनसिपः चन्द्रागिरि न्यु डायमण्डलाई स्तब्ध पार्दै एपीएफ बन्यो तेस्रो

Thankot Times

थानकोट । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल एपीएफ क्लब तेस्रो स्थान भएको छ। 

शुक्रबार खेलाइएको तेस्रो स्थानको खेलमा चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड ३-१ को सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान हात पारेको हो ।

खेलमा एपीएफले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पार्‍यो । खेलको दोस्रो सेट भने डायमण्डले २५-२३ ले जित्दै खेललाई एक-एक सेटको बराबरीमा ल्यायो ।

एपीएफले तेस्रो सेट २५-१४ ले जित्दा चौथो सेट २५-२१ आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधिका लागि भोलि शनिबार विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । 

नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष र महिलातर्फको विजेताले समान  पाँच लाख रूपैयाँ तथा उपविजेताले दुई लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै तेस्रो हुने टोलीले एक लाख २५ हजार रूपैयाँ पाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *